Harsamaya
एनपिएलमा आज पहिलो क्वालिफायरः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स भिड्दै

काठमाडौं -जारी नेपाल प्रिमियर लिग (एनपिएल) को आज पहिलो क्वालिफायरमा खेलमा  सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स प्रतिस्पर्धा  हुँदैछ । आज दिउँसो  ४ बजेदेखि लिग चरणमा शीर्ष दुई स्थानमा रहेका यी दुई टीली बिच खेल सुरु हुँदै छ । 

 लिग चरणका खेलमा सुदूरपश्चिमले ७ खेलमा ६ जित हासिल गरेको छ भने एक खेल विराटनगरसँग हारेको छ । त्यस्तै विराटनगरले ७ खेलमा ५ खेलमा जित हासिल गरेको छ र दुई खेलमा हार बेहोरेको छ । विराटनगर लुम्बिनी लायन्स र चितवन राइनोजसँग पराजित भएको थियो ।

यो खेलको विजेता सिधै फाइनलमा पुग्ने छ भने पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउने छ । सुदूरपश्चिम रोयल्स पहिलो सिजनको उपविजेता टिम हो भने पहिलो सिजनमा लिग चरणबाट बाहिरिएको विराटनगरले यस सिजनमा दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायर खेल्न लागेको हो ।

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२  ०७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update