ठमेलको ‘वर्क इट पप’ रेष्टुरेन्टमा आगलागी
काठमाडौं - काठमाडौंको ठमेलस्थित एक निर्माणाधीन रेष्टुरेन्टमा आगलागी भएको छ । काठमाडौं महानगरपालिका–२६ ठमेल बुधबारे गल्लीस्थित निर्माणाधीन ‘वर्क इट पप’ रेष्टुरेन्टमा आज बिहान आगलागी भएको प्रहरी वृत्त लैनचौरका प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) जागेश्वर भण्डारीले जानकारी दिए ।
उनका अनुसार विद्युत् सर्ट भएर लागेको आगो करिब ४५ मिनेटपछि नियन्त्रणमा आएको थियो । उक्त आगोलाई नियन्त्रणमा लिनका लागि नेपाल प्रहरीले काठमाडौं महानगरपालिकाका दुई वटा दमकलको सहायता लिएको उनले जानकारी दिए ।
अहिले आगो पूर्ण रूपमा नियन्त्रणमा आएको वृत्त प्रमुख भण्डारीले बताए । उनका अनुसार आगलागीबाट के कति क्षति भयो भन्नेबारेमा प्रहरीले विवरण संकलन गरिरहेको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२ १५:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

