काठमाडौं- आगामी वर्ष अमेरिका, मेक्सिको र क्यानडामा हुने फिफा विश्वकप-२०२६ को समूह विभाजन सार्वजनिक भएको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार अमेरिकाको वासिंटन डिसीमा एक समारोहबीच प्रतियोगिताको समूह विभाजन गरेको हो । फिफाको ‘ड्र’ अनुसार साविक विजेता अर्जेन्टिना सहज समूहमा परेको छ ।
कतार विश्वकप-२०२२ को च्याम्पियन अर्जेन्टिना समूह ‘जे’मा छ । यो समूहमा अर्जेन्टिनासँगै, अल्जेरिया, अस्ट्रिया र जोर्डन छन् । साविक उपविजेता फ्रान्स समूह ‘आई’मा छ । यो समूहमा फ्रान्ससँगै सेनेगल, नर्वे र प्लेअफ-२ बाट आउने टिमले प्रतिस्पर्धा गर्नेछन् ।
पाँच पटकको च्याम्पियन ब्राजिल समूह ‘सी’मा परेको छ । यो समूहमा ब्राजिलसँगै गत संस्करणको सेमिफाइनलिस्ट मोरोक्को, हाइटी र स्कटल्यान्ड छन् ।
यस्ता छन् अरु समूह
प्रतियोगिताको यो संस्करणमा कुल ४८ टिमले प्रतिस्पर्धा गर्दैछन् । जसलाई प्रत्येक समूहमा चार टिम रहने गरी १२ समूहमा विभाजन गरिएको छ । जसमध्ये हालसम्म ४२ टिमको टुंगो लागिसक्दा बाँकी ६ टिम भने प्लेअफबाट छनोट हुनेछन् ।
विश्वकप आगामी वर्षको जुन ११ देखि जुलाई २० सम्म अमेरिका, मेक्सिको र क्यानडाका विभिन्न सहरमा आयोजना हुने तालिका छ ।
समूह ‘ए’- मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया र युरोपियन प्लेअफ-डी
समूह ‘बी’- क्यानडा, युरोपियन प्लेअफ–ए, कतार र स्वीट्जरल्यान्ड
समूह ‘सी’- ब्राजिल, हाइटी, मोरोक्को र स्कटल्यान्ड
समूह ‘डी’– अमेरिका, पराग्वे, अस्ट्रेलिया र युरोपियन प्लेअफ–सी
समूह ‘इ’- जर्मनी, क्युराकाओ, आइभेरी कोस्ट र इक्वेडर
समूह ‘एफ’- नेदरल्यान्ड्स, जापान, युरोपियन प्लेअफ–बी र ट्युनिसिया
समूह ‘जी’- बेल्जियम, इजिप्ट, इरान र न्युजिल्यान्ड
समूह ‘एच’- स्पेन, केप भर्ड, साउदी अरेबिया, उरुग्वे
समूह ‘आई’- फ्रान्स, सेनेगल, प्लेअफ–२, नर्वे
समूह ‘जे’-अर्जेन्टिना, अल्जेरिया, अस्टिया र जोर्डन
समूह ‘के’- पोर्चुगल, प्लेअफ–१, उज्वेकिस्तान र कोलम्बिया
समूह ‘एल’- इंग्ल्यान्ड, क्रोएसिया, घाना र पानामा


