Harsamaya
एनपीएलः  पोखरा र काठमान्डू तथा सुदूरपश्चिम र चितवन भिड्ने
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं- त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।

पहिलो खेल ११ः४५ बजे पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज र अपराह्न ४ः०० बजे सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच हुँदैछ । 

पाँच खेलबाट चार अङ्क मात्र जोडेको पोखरालाई प्लेअफको सम्भावना जीवित राख्न जित्नै पर्ने दबाब छ । काठमाडौँले  भने छ खेलबाट आठ अङ्क जोडेको छ । 

प्लेअफमा पुगिसकेको सुदूरपश्चिम र प्लेअफको बाटोमा रहेको चितवन आमनेसामने हुनेछन् । सुदूरपश्चिम १० अङ्कका साथ शीर्ष स्थानमा छ । पाँच खेलबाट चार अङ्क जोडेको चितवनलाई प्लेअफका लागि जित्नैपर्ने बाध्यता छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०८२  ०६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update