Harsamaya
भन्सार तथ्यांकः आयात बढेको बढ्यै‚ निर्यात भने घट्यो 
फाइल तस्वीरः हर समय/harsamaya

भद्रपुर- आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा काँकडभिट्टाबाट रु १६ अर्ब दुई करोड पाँच लाख मूल्य बराबरका सामान आयात भएका छन् ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार गत आवको सोही अवधिमा रु १४ अर्ब २८ करोड ८७ लाख बराबरको वस्तु तथा सामान आयात भएका थिए ।

गत आवको तुलनामा चालु आवको पहिलो चौमासिकमा यो नाकाबाट निर्यात भने घटेको छ । यो अवधिमा रु सात अर्ब ९६ करोड सात लाख बराबरका सामग्री निर्यात भएका छन् । गत आवको सोही अवधिमा रु आठ अर्ब ३० करोड २७ लाखका वस्तु निर्यात भएका थिए । 

काँकडभिट्टाबाट अलैँची, चिया, प्लाइउड, भेनिउर सिट, छुर्पी, अम्रिसो, अदुवा, सुठो, मुसुरो, फलामे पातालगायत निर्यात हुने गरेका छन् । उक्त कार्यालयले आव २०८२/८३ को पहिलो चार महिनामा आयात निर्यातबाट रु पाँच अर्ब ४६ करोड एक लाख  ९८ हजार राजस्व सङ्कलन गरेको छ । 

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२  ०७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update