Harsamaya
२० लाख धरौटी बुझाएर रिहा भए पूर्वसभामुख महरा
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं - पूर्वसभामुख कृष्णबहादुर महरा धरौटी बुझाएर रिहा भएका छन् । 

भेपमार्फत सुन तस्करीमा दोस्रोपटक पक्राउ परेका उनलाई उच्च अदालत पाटनले बिहीबार २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

काठमाडौं जिल्ला अदालतमा धरौटी बुझाएका महरा ३० नम्बर फाँटमा तारिख लिएर छुटेका हुन् । उच्चका न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले महारामाथिको आरोप र उनको उमेर समेत विचार गरी धरौटीमा छाड्ने आदेश दिएको थियो ।

प्रकाशित मिति: बिहीबार, मंसिर ११, २०८२  १९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update