Harsamaya
तत्कालीन प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रशासन कार्यालय गौरीगञ्ज, झापाका तत्कालीन प्रमुख चूडामणि आपगाँईसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आपगाँईसहित इलाका प्रशासन कार्यालय गौरीगञ्जका तत्कालीन नायब सुब्बा रविन कुमार राजवंशी, तत्कालीन कम्प्युटर अपरेटर आकाश मगर र कार्यालय सहयोगी जीवन कुमार दाहाललाई पनि प्रतिवादी कायम गरिएको छ ।

मंगलबार विशेष अदालतमा आयोगले दायर गरेको उक्त मुद्दामा जिल्ला प्रशासन कार्यालय, झापाका तत्कालीन प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद खरेल र केशव प्रसाद रिजाल, राहदानीवाहक विनोद कुँवर, सिमान्त विश्वकर्मा, गोविन्द प्रसाद ढुंगेल र बलराम महतोलाई पनि प्रतिवादी बनाइएको छ ।

वास्तविक जन्म मिति भन्दा उमेर हेरफेर गरी, उमेर घटाई सरकारी कागजात सच्याई व्यक्तिको राहदानी जारी गरेको भन्दै उनीहरूविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए । 

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२  १९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update