Harsamaya
सिंहदरबार छिर्न खोज्दा जेनजीहरुमाथि धरपकड, केही जेनजीहरू घाइते
जेनजी नेताहरूलाई धरपकड गर्दै प्रहरी ।

काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माग पत्र बुझाउन पुगेका जेन–जी समूहलाई सिंहदरबार प्रवेशमा रोक लगाउनुको साथै हातपात पनि गरिएको छ । 

हिजो अपरान्ह पनि २१ वटा जेन–जी समूह पुगेकोमा भित्र छिर्न नदिएपछि दक्षिण गेटमा मागपत्र टाँसेर फर्किएका थिए ।

आज मंगलबार बिहान सिंहदरबार गेटमा पुगेका मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले लखेटेर अनामनगरको पुल कटाएको थियो । सोही क्रममा प्रहरीसँग धकेलाधकेलसमेत भएको थियो ।  केही जेनजीहरुलाई चोट पनि लागेको थियो ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update