Harsamaya
तस्करलाई नियन्त्रणमा लिन गोली फायर

रौतहट - बारा प्रहरीले तस्करलाई नियन्त्रणमा लिन ७ राउण्ड गोली फायर गरेको छ । भारतको हनुमान नगर तर्फबाट मोटरसाइकल चलाएर आएको र नम्बर नखुलेको ट्र्याक्टरमा तस्करीको समान लोड गरी आउँदै गरेको अन्दाजी २५ जना तस्करको टोलीलाई नियन्त्रणमा लिन प्रहरीले गोली फायर गरेको हो ।

पचरौता नगरपालिका वडा नं ६ चिकनी टोल स्थित खटिएको प्रहरीको टोलीले ७ राउन्ड र तस्कर समूहले २ राउन्ड गोली प्रहार भएको बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

उनका अनुसार तस्करहरूले कटुवा पेस्तोलबाट २ राउन्ड गोली फायर गरेको थियो।प्रहरीको जवाफी फायरिङ पछि तस्कर समूह फरार भएको थिए । प्रहरीले घटनास्थलबाट भने  बिआर ०५ बिएल ४१५४  , बिआर ०५ बि ६८६४ , बिआर ०५ बिडी ९८२१ र बिआर ०५ ऐडब्लु ०५०१ नम्बरको  गरी ४ वटा भारतीय मोटरसाइकल बरामद गरेको छ ।

भारतीय नागरिक रंजित कुमारको नाममा रहेको सवारी चालक अनुमति पत्र (लाईसेन्स) र भारतीय तथा नेपाली सिम फेला परेको छ ।यस विषयमा थप  अनुसन्धान गरिरहेको बारा प्रहरीले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२  ०७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update