वीरगञ्ज- स्रोत नखुलेको १५ लाख रकमसहित पर्सामा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी धोरे र सशस्त्र प्रहरी बल नेपालबाट खटिएको संयुक्त टोलीले आइतबार पकहाँ मैनपुर गाउँपालिका–१, धोरेचेक प्वाइन्टबाट पक्राउ गरिएको हो ।
सोही ठाउँका ३४ वर्षे अवधेश पटेल सवार मोटरसाइकलको लेगगार्डबाट १५ लाख रुपैयाँ बरामद गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार, निजको साथबाट स्रोत नखुलेको एक हजार दरका ७९० थान नोट अर्थात् सात लाख ९० हजार र पाँच सय दरका एक हजार ३०१ थान नोट अर्थात् ६ लाख ५० हजार रुपैयाँ बरामद गरिएको हो । यस्तै, १०० र ५० रुपैयाँका अन्य रकमसमेत बरामद गरिएको छ ।
प्रवक्ता बस्नेतले पक्राउ परेका पटेललाई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम (हुण्डीसम्बन्धी कारोबार गर्न नहुने) कसुरमा थप अनुसन्धान भइरहेको जानकारी दिए ।

