Harsamaya
विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं - आज राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको १३७ औँ बैठक बस्ने भएको छ ।  बैठक बिहान ११ बजे सङ्घीय संसद् सचिवालय सिंहदरबारमा बस्ने भएको हो ।

आजको बैठकमा चलचित्र विधेयक, २०८१ मा सैद्धान्तिक छलफल गरिने कार्यसूचीमा तय गरिएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर ३, २०८२  ०८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update