Harsamaya
सवारी दुर्घटनामा एक जनाको मृत्यु
सांकेतीक तस्वीरः हर समय/harsamaya

नेपालगञ्ज - बाँकेको राप्ती सोनारी  गाउँपालिका–२ अगैयामा आज सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

कोहलपुरबाट काठमाडौँ जाँदै गरेको भे१३प ११८३ नम्बरको मोटरसाइकल र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको क प्र ११४५ नम्बरको यात्रुबाहक बससँग अगैया बजारमा ठोक्किँदा बर्दियाको गुलरिया नगरपालिका–६ बुद्धटोल बस्ने ४७ वर्षीय कृष्ण घर्ती क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।  

ठक्करबाट गम्भीर घाइते मोटरसाइकल चालक क्षेत्रीको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको थियो ।बस चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकका आफन्तसँग सम्पर्क नभएकाले शवलाई शिक्षण अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२  २१:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update