Harsamaya
विश्वको सबैभन्दा ठूलो पानी संरक्षण पूर्वाधार सञ्जाल निर्माण 

एजेन्सी - चीनले विगत ५ वर्षमा विश्वको सबैभन्दा ठूलो पानी संरक्षण पूर्वाधार सञ्जाल निर्माण गरेको छ । चीनको पानी व्यवस्थापन मन्त्रालयका अधिकारीहरूका अनुसार विगत पाँच वर्षको अवधिमा, देशले विश्वको सबैभन्दा ठूलो पानी संरक्षण पूर्वाधार सञ्जाल निर्माण गर्न सफल भएको हो । 

२०२१ देखि २०२५ सम्म, चीनले पानी संरक्षण डाइभर्सन र सिँचाइ परियोजनाहरूमा लगभग ४२० अर्ब अमेरिकी डलर लगानी गरेको छ, जसले देशको कुल पानी आपूर्ति क्षमतालाई ९०० अर्ब घन मिटरमा पुर्‍याएको छ।

देशको दक्षिण–उत्तर पानी डाइभर्सन परियोजनाको काम अगाडि बढिरहेको छ जसमा ८३ अर्ब घन मिटर पानी पहिले नै लगभग १९ करोड ५० लाख मानिसहरूलाई पुर्‍याइएको छ। 

त्यस्तै, चीनले एक ट्रिलियन घन मिटर पानी अटाउन सक्ने ९५,००० जलाशयहरू पनि निर्माण गरेको छ । जुन जलाशयहरूको सङ्ख्या, प्रकार र उच्च बाँधहरूको सङ्ख्यामा विश्वव्यापी रूपमा पहिलो स्थानमा छ।

साथै, चीनले विश्वको सबैभन्दा ठूलो केन्द्रीकृत ग्रामीण पानी आपूर्ति प्रणाली स्थापना गरेको छ, जसमा २०२५ को अन्त्यसम्ममा ९६ प्रतिशत ग्रामीण जनसङ्ख्याले धारा पानीमा पहुँच पाउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२  १४:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update