नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ । पूर्वमन्त्री तथा पार्टीका पूर्वकेन्द्रीय सदस्य मोहम्मद अफताव आलमको निधन भएपछि २ दिन स्थगित भएको बैठक आज बस्न लागेको हो ।
आइतबार र सोमबार स्थगित गरिएको केन्द्रीय समिति बैठक आज बिहान साढे ११ बजे पार्टी कार्यालयमा बस्ने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
गत असोज २८ गतेबाट जारी केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५ औँ महाधिवेशनबारे छलफल भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०८२ ०६:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

