काठमाडौं - नवगठित नेपाली कम्युनिष्ट पार्टीले केही महत्त्वपूर्ण निर्णयहरू गरेको छ । नेकपाको शनिबार पेरिसडाँडामा बसेको बैठकले विभिन्न निर्णय गरेको हो ।
पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाद्वारा शनिबार जारी प्रेस नोटमा बैठकले आगामी दिनमा पार्टीका कार्यक्रमहरूलाई थप व्यवस्थित र प्रभावकारी बनाउनेमा जोड दिएको छ । बैठकले सबै प्रदेशहरूमा एकता सन्देश सभाका कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय गरेको छ । जसले पार्टी एकताको सन्देशलाई देशभर फैलाउने लक्ष्य राखेको छ ।
त्यसैगरी घोषित निर्वाचनको तयारीसम्बन्धी कार्यक्रमहरूलाई व्यवस्थित र प्रभावकारी ढङ्गले अभियानका रूपमा अगाडि बढाउने निर्णय पनि बैठकमा निर्णय गरिएको छ । पार्टी बैठकले जनवर्गीय संगठन, मोर्चा तथा सहायक संगठनहरूलाई सम्बन्धित तहका पार्टीसँग समन्वय गरी जनपरिचालन गर्न निर्देशित गरेको छ ।


