Harsamaya
बन्दीपुरमा कुटपिटबाट एक जनाको मृत्यु
सांकेतिक तस्वीर: हर समय/Har Samaya

तनहुँ - बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा भएको कुटपिट घटनामा एक व्यक्तिको मृत्यु भएको छ । प्रहरीका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको उपचारका क्रममा गएराति मृत्यु भएको हो ।

प्रहरीका अनुसार सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले मादक पदार्थ सेवनपछि खुसीमानलाई चिर्पटले टाउकोमा प्रहार गरेका थिए । घाइते भएका खुसीमानलाई उपचारका लागि अस्पतालमा लगिएको थियो  ।
 
उनको उपचारका क्रममा मृत्यु भएको हो । कुटपिटमा संलग्न खिमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ । 


 

प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२  ०९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update