Harsamaya
जनार्दन शर्माद्वारा पार्टी एकता प्रक्रियामा असहमति : ‘पहिले नेतृत्व हस्तान्तरण हुनुपर्छ’
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष जनार्दन शर्मा ।

काठमाडौं - नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अघि बढाइरहेको पार्टी एकता प्रक्रियाप्रति असहमति जनाएका छन् । शर्माले वर्तमान एकता प्रयास जेनजी आन्दोलनको भावना विपरीत रहेको बताएका छन् ।

शर्माले भने, ‘माधवजीसँग पार्टी एकता गरे भने म जान्नँ, म पार्टी पुनर्गठन गर्छु । मैले यो कुरा भनिदिएको छु ।’ उनले पार्टीलाई सुदृढ बनाउने कुरा गरेको स्पष्ट गर्दै भने, ‘आफ्नो पार्टी फुटाउने र अर्को पार्टी ल्याएर एकता गर्छु भन्ने कुरा एकता होइन ।’

उनले अहिले भइरहेको एकता प्रयास माओवादी पार्टीले बोक्न नसक्ने खालको भएको बताएका छन् । शर्माले भने, ‘महाधिवेशनमा प्रतिस्पर्धा छल्नकै लागि प्रचण्डले एकताको कुरा गरिरहनुभएको हो । पहिले नेतृत्व हस्तान्तरण हुनुपर्छ, त्यसपछि मात्रै समग्र कम्युनिस्ट आन्दोलन एकतामा जान सक्छ ।’

उनले तत्काल एकता प्रक्रिया स्थगन गरी पार्टीको पुनर्गठन, वैचारिक स्पष्टता र जनपक्षीय दिशामा अघि बढ्न आह्वान गरे ।

उनले गणतन्त्र स्थापना पछि माओवादी पार्टीले जनयुद्धको भावना, संविधानको मर्म र जनआकांक्षाअनुसार समाजवादको आधार निर्माण गर्ने जिम्मेवारी पूरा गर्न नसकेको उल्लेख गरे । 

S2FydGlrL0thcnRpayAxNy9KYW5hcmRhbiBTaGFybWEvUGhvdG9zL2EyN2RiM2VmLWE3ODQtNGRkZi1hODNkLTQ1MTI2ZDgzNDdjMi5qcGVn-1762145374.jpeg

प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२  १०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update