माछा मार्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु
रामेछाप - सिन्धुलीको तीनपाटन गाउँपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।
तीनपाटन गाउँपालिका–५ लङ्गुरखोलामा माछा मार्ने क्रममा करेन्ट लाग्दा २० वर्षीय धनबहादुर लामिछानेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
स्थानीयका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका लामिछानेलाई लङ्गुरखोला आधारभूत स्वास्थ्य केन्द्रतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०८२ ०८:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

