 
                                                                        काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । तिहार अघिबाट सुरु भएर स्थगन भएको तथा कार्तिक १३(हिजो) बाट पुनः सुरु भएको केन्द्रीय समिति बैठकले आज पनि निरन्तरता पाउने भएको हो ।
दिउँसो १ बजेबाट सुरु हुने बैठकमा आज पनि केन्द्रीय सदस्यहरूले बोल्ने क्रम जारी रहने छ । पार्टीमा १५ औँ महाधिवेशनको विषयलाई लिएर चर्को मतभेद छ । एक पक्ष मंसिरमा नियमित महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका प्रस्ताव गर्नुपर्ने अडानमा छ । संस्थापन पक्ष भने निर्वाचन अघी महाधिवेशन सम्पन्न नहुने भन्दै वैशाखमा अधिवेशन गर्नुपर्ने पक्षमा छ । यो विषयले निष्कर्ष पाउन सकेको छैन।
यसअघी पार्टीको आजै बिहान ११ बजे पदाधिकारी बैठक बस्ने छ । बैठकमा महाधिवेशनको कार्यतालिका केन्द्रीय समिति बैठकमा कसरी लाने भन्ने विषयमा छलफल हुनेछ । केन्द्रीय समिति बैठक सुरु हुनुअगाडि पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्न लागेको हो ।


 
                                                -1761113265.jpg) 
                                                ![नयाँ पार्टी दर्ताका लागि रेशम चौधरीद्वारा निर्वाचन आयोगमा निवेदन [भिडियोसहित]](https://www.harsamaya.com/uploads/posts/350X220/resham-1761839090.jpg) 
                                                 
                     
                     
                     
                     
                     
                    