बैतडीमा जीप दुर्घटना : एकको मृत्यु, ४ जना घाइते
बैतडी - बैतडीको मेलौली नगरपालिका-७ स्वाखानीमा जीप दुर्घटना भएको छ । गएराति भएको दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । शिवनाथबाट मेलालीतर्फ आइरहेको से१ज ७३२ नम्बरको जीप स्वाखानीमा बुधबार राति राति दुर्घटना भएको हो ।
गम्भीर घाइते भएका २३ वर्षीय तुलसी पाण्डेयको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बल्देव बडूले बताए ।
अन्य घाइतेहरूलाई थप उपचारका लागि डडेलधुरा अस्पताल पठाइएको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२ ०७:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

