Harsamaya
श्री नगर एग्रीटेकको आइपिओ आज बाँडफाँड हुँदै
सांकेतिक तस्बिर/हर समय

काठमाडौं - श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आइपिओ आज बाँडफाँड हुने भएको छ । आज बिहान साढे १० बजे नाराणचौर स्थित कम्पनीको कार्यालयमा आइपिओ बाँडफाँड हुने बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैङ्किङ लिमिटेडले जनाएको हो ।

सिडिएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार कम्पनीको आइपीओमा १९ लाख ४२ हजार ६८२ जनाले २ अर्ब १७ करोड २ लाख ८ हजार रुपैयाँ बराबरको २ करोड १७ लाख २ हजार ८० कित्ताका लागि आवेदन दिएका छन् । यो आवेदन मागभन्दा ८.६४ गुणाले बढी हो ।

कम्पनीले गत असोज २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणहरूका लागि कुल २५ लाख १० हजार ४९३ कित्ता शेयर निष्कासन गरेको हो । मागभन्दा बढी आवेदन परेकाले कम्पनीको आइपिओ गोला प्रथाद्वारा बाँडफाँड हुनेछ ।

कम्पनीको शेयर १० कित्ताका दरले बाँडफाँड गर्दा २ लाख ५१ हजार ४९ जनाले प्राप्त गर्नेछन् भने १६ लाख ९१ हजार भन्दा बढीको हात खाली हुने निश्चित छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  ०८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update