तनहुँमा फेन्सी पसल भएको घरमा आगलागी

तनहुँ - तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित एक घरमा आज साँझ आगलागी भएको छ ।
स्थानीय बद्रीकुमार श्रेष्ठको घरमा आगलागी हुँदा नेपाल प्रहरी, शुक्लागण्डकी नगर प्रहरी र स्थानीयवासीको सक्रियतामा नगरपालिकाको वारुणयन्त्र प्रयोग गरेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक पोषण थापाले विद्युत् चुहावट भएर आगलागी भएको अनुमान रहेको र क्षतिको विवरण आउन बाँकी रहेको बताए । उक्त घरमा फेन्सी पसल र सिलाइ पसल सञ्चालनमा थियो ।
प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०८२ २१:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय