Harsamaya
तनहुँमा ३५ वर्षीय पुरुष मृत फेला
सांकेतिक तस्वीर : हर समय/Har Samaya

तनहुँ - व्यास नगरपालिका–४ शितलचोकस्थित भित्री सडकखण्डमा आज साँझ एक व्यक्ति मृत फेला परेका छन् । 

मृत फेला पर्नेमा व्यास नगरपालिका–१० कुमालटारी बस्ने ३५ वर्षीय जेके भन्ने टेकबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतकको शव परीक्षणका लागि प्रदेश अस्पताल दमौलीमा राखिएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । 

घटनाबारे प्रारम्भिक सोधखोजका क्रममा निजले मादक पदार्थ सेवन गरेको पाइएको र थप अनुसन्धान भइरहेको प्रनाउ विकले बताए । 

प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०८२  २०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update