
जनकपुर - जनकपुरधाममा धूमधामका साथ श्री हनुमान जयन्ती मनाइँदै छ । हनुमान जयन्तीको अवसरमा आज जनकपुरधाममा शोभायात्रा निकालिएको छ । मिथिलाञ्चल सांस्कृतिक कला परिषद्ले जनकपुरधामस्थित रेल्वे स्टेसनबाट शोभा यात्रा निकालेको छ ।
आजैको दिनमा हनुमानको जन्म भएको मान्यता रहेको छ । लक्ष्मी पूजाको १ दिन पहिला हनुमान जयन्ती मनाउने परम्परा अनुसार १५ वर्षदेखि जनकपुरधाममा भव्यताका साथ आफूहरूले जयन्ती मनाई रहेको परिषद्का अध्यक्ष शम्भु साहले बताए ।
हनुमान जयन्तीलाई समेत प्राथमिकताका साथ मनाउन मिथिलाञ्चल र जनकपुरधामवासीहरूलाई उनले आग्रह गरे । स्टशन चोकबाट निकालिएको शोभा यात्रा जनकपुरधामको जानकी मन्दिरमा पुग्दा मन्दिरका पुजारीले भव्य स्वागत गरेका थिए ।
हनुमान, शिव र गरुडको कलात्मक प्रतिरूप सहित बैण्डबाजा र झाँकी सहित निकालिएको सोभा यात्रामा महिला, युवा, साधुसन्तहरुको सहभागिता रहेको थियो । शोभा यात्राको समुद्घाटन मधेश प्रदेशका सांसद जसपा नेपाल मधेश प्रदेशका प्रमुख सचेतक रामअशिष यादवले गरेका थिए ।