
एजेन्सी - रूसी सैन्य बलले पूर्वी युक्रेनमा थप बस्तीहरू कब्जा गरेको छ । तर युक्रेनले धेरै रूसी आक्रमणलाई विफल पारेको दाबी गरेको छ ।
रुसी सेनाले खार्किभ र डोनेट्स्क क्षेत्रका थप दुई बस्तीहरू नियन्त्रणमा लिएको रुसी रक्षा मन्त्रालयले सोमबार जनाएको छ।
रूसी सेनाले धेरै क्षेत्रहरूमा लक्षित आक्रमणहरू गरेका थिए । जसमा अमेरिकी निर्मित मल्टिपल रकेट लन्चर, सैन्य औद्योगिक परिसरहरू, रकेट र तोपखाना हतियार डिपोहरू, सामग्री र प्राविधिक सहयोग डिपोहरू, युक्रेनी सेना र विदेशी भाडाका सैनिकहरूको अस्थायी बिन्दुहरू निशानामा पारेका छन् ।
रुसी वायु रक्षा प्रणालीले युक्रेनी ड्रोन, हवाई बम साथै रकेटहरू पनि रोकेको थियो । केही युक्रेनी हतियार र उपकरणहरू नष्ट गरेको थियो।
आइतबार युक्रेन र रुसबीच १४९ वटा झडप भएको युक्रेनको सशस्त्र बलका जनरल स्टाफले सोमबार बताएका छन्।
यता, युक्रेनी सेनाले रुसी कर्मचारी र उपकरणहरूको १० समूहमा आक्रमण गरेको दाबी गरेको छ । धेरै रुसी आक्रमणलाई विफल पारेको जनाएको छ ।
युक्रेनी सेनाले ट्याङ्क, तोपखाना प्रणाली, धेरै रकेट लन्चर र रणनीतिक ड्रोनहरू सहित धेरै रुसी उपकरणहरू पनि नष्ट गरेको जनाएको छ । (सीसीटीभीप्लस)