Harsamaya
सुन तस्करी प्रकरणमा पूर्व सभामुख महराविरुद्ध मुद्दा दायर
पूर्व सभामुख एवं माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा ।

काठमाडौं - पूर्व सभामुख एवं माओवादी उपाध्यक्ष कृष्णबहादुर महराविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।सोमबार उनी विरुद्ध भन्सार छलेको र सङ्गठित अपराध गरेको आरोपमा भन्सार ऐन, २०६४ र सङ्गठित अपराध निवारण ऐन, २०७० मा टेकेर जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको हो । 

महरासँग ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय माग दाबी गरिएको छ । २०७९ सालमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याएको ९ किलो सुन तस्करीमा महरा संलग्न रहेको आरोप रहेको छ। उनलाई आइतबार पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको हो। 

यसअघि महरालाई २०८० चैतमा पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो।

प्रकाशित मिति: सोमबार, असोज २७, २०८२  १८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update