विपीन जोशी जीवित रहेको प्रमाण भेटिएन
काठमाडौं - इजरायली सेनाले नेपालका विपीन जोशी जीवित रहेको प्रमाण नभेटिएको बताएका छन् ।
इजरायली सेनाले इजरायलका लागि नेपालका राजदूत धनप्रसाद पण्डित र विपीनको परिवारलाई भिडियो कन्फ्रेन्समार्फत विपीन जीवित रहेको प्रमाण नभेटिएको जानकारी गराएका हुन् ।
अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । सो आक्रमणको क्रममा १० जना नेपाली विद्यार्थीहरु मारिएका थिए । हमास लडाकुहरुले विपिनलाई आफूसँगै लिएर गएका थिए ।
सन् २०२३ नोभेम्बर १७ मा विपिन गाजा क्षेत्रको अल शिफा अस्पतालमा देखिएका थिए । तर त्यसपछि उनको अवस्था अज्ञात थियो ।
प्रकाशित मिति: सोमबार, असोज २७, २०८२ ११:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

