काठमाडौं - दुई वर्षभन्दा बढी समयदेखि गाजा पट्टीमा राखिएका सबै बन्धकहरूको रिहाइको काम सोमबार हुने भएको छ ।
योजनाका शर्तअनुसार, हमासले अक्टोबर ७ मा अपहरणमा परेका बाँकी ४८ बन्धक (जीवित र मृत) मध्ये सोमबार रिहा गर्ने भनिएका २० बन्धकलाई मध्याह्नसम्म रिहा गर्नेछ।
सन् २०१४ मा गाजा युद्धमा मारिएका एक सैनिकको अवशेष पनि हस्तान्तरण गर्ने अपेक्षा गरिएको इजरायली प्रधानमन्त्रीका प्रवक्ता बेड्रोसियनले बताए ।
‘हामी आशा गरिरहेका छौँ कि हाम्रा सबै २० जीवित बन्धकहरूलाई एकै पटकमा रेडक्रसमा रिहा गरिनेछ र छ देखि आठ वटा सवारी साधनहरूमा ढुवानी गरिनेछ,’ उनले भने ।
त्यसपछि बन्धकहरूलाई गाजाको इजरायल–नियन्त्रित भागहरू भित्र सेनाको जिम्मा लगाइनेछ र त्यसपछि दक्षिणी इजरायलको रिम बेसमा स्थानान्तरण गरिनेछ, जहाँ उनीहरू आफ्नो परिवारसँग पुनर्मिलन हुनेछन्।
त्यसपछि उनीहरूलाई ‘तीन मुख्य अस्पतालहरू मध्ये एक’ मा लगिनेछ।
यता, नेपालका विपीन जोशी कुन अवस्थामा छन् भने थाहा हुन सकेको छैन । अन्तराष्ट्रिय सञ्चारमाध्यममा आएका समाचारहरूमा विपीन अज्ञात रहेको उल्लेख छ ।
केही सञ्चारमाध्यमले जोशी जिवितै रहेको पनि उल्लेख गरेका छन् । आशा गरौं अबको केही समयमा जोशी सकुशल फर्कनेछन् ।

