श्रीपुरमा विद्युत् सर्टभएर घरमा आगलागी, एक घर पूर्ण रूपमा नष्ट, करिब २६ लाखको क्षति
मकवानपुर - मकवानपुरको बकैया गाउँपालिका–५ श्रीपुरमा भएको आगलागीले एक परिवारको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार साँझ करिब साढे ६ बजे विद्युत् सर्ट हुँदा स्थानीय शेर घिसिङको टायलको छानो भएको एक तले घरमा आगलागी भएको हो।
प्रहरी प्रवक्ता पुष्कर बोगटीका अनुसार आगलागीका कारण घरमा रहेको खाद्यान्न, लत्ताकपडा, नगदसहित झन्डै २६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
स्थानीयवासी र प्रहरीको सहयोगमा करिब ३५ मिनेटको प्रयासपछि आगो नियन्त्रणमा लिइएको थियो। घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। विद्युत् सट भई भएको आगलागीको थप विवरण र क्षतिको पूर्ण मूल्याङ्कन कार्य भइरहेको जनाइएको छ।
प्रकाशित मिति: आइतबार, असोज २६, २०८२ ०८:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

