Harsamaya
टिकटक भिडियो खिच्ने क्रममा खोलामा हामफालेर बेपत्ता भएका युवकको शव ६ दिनपछि भेटियो
टिकटक भिडियो खिच्ने क्रममा खोलामा हामफालेका बारा प्रसौनी – २ का २१ वर्षीय बिक्की गोसाईं ।

सर्लाही - टिकटक भिडियो खिच्ने क्रममा खोलामा हामफालेका बारा प्रसौनी – २ का २१ वर्षीय बिक्की गोसाईंको शव फेला परेको छ । असोज १९ गतेदेखि बेपत्ता भएका उनको शव शुक्रबार बिहान फेटा गाउँपालिका – १ त्रिवेणी खोलामा फेला परेको हो ।

प्रहरीका अनुसार गोसाईं टिकटक भिडियो बनाउन भन्दै साथीहरुसहित दुधौरा खोलामा हामफालेका थिए। तर, उनका साथी पौडेर किनारमा निस्किए पनि गोसाईं भने खोलाको वेगमा बगेर बेपत्ता भएका थिए ।

शुक्रबार बिहान खोलाको बगरमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले शवको पहिचान गर्ने क्रममा उक्त शव बिक्की गोसाईंकै रहेको खुल्न आएको बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डितले जानकारी दिए । घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update