Harsamaya
जेनजी प्रदर्शनका क्रममा घाइते भएका ६ जनालाई उपचार खर्च लिन आउन सिन्धुपाल्चोक प्रशासनको अनुरोध
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक ।

काठमाडौं - जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जेनजी प्रदर्शनका क्रममा घाइते भएका जिल्लाका ६ जनालाई घाइते उपचार खर्च लिन आउन सूचना जारी गरेको छ । 

बुधबार एक सूचना जारी गर्दै प्रशासनले अशोक घोरासैनी, जय राम ढकाल, सोवित तामाङ,  सन्तोष दुलाल, खुर्पा तेन्जिङ लामा र अभिषेक श्रेष्ठलाई २० हजार उपचार खर्च लिन आउन अनुरोध गरेको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत असोज ६ गते जेनजी प्रदर्शनका क्रममा भदौ २३ र २४ गते घाइते भएकाहरूलाई तत्काल भैपरी खर्चपाबत २० हजार दिने निर्यण गरेको थियो । 

घाइतेहरूले तीन पुस्ते विवरण, नागरिकता प्रमाणपत्र, उपचार गराएको अस्पतालको कागजातसहित छिटो प्रशासनमा सम्पर्क गर्न सूचनामा भनिएको छ । 

6f18acac-4316-437c-b282-c9f24bcadb25-1760073852.jpeg
 

प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२  ११:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update