हमास आक्रमणको दुई बर्ष पूरा, ६८ हजार बढीको मृत्यु

एजेन्सी - प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमा आक्रमण गरेको दुई वर्ष पूरा भएको छ । यी दुई वर्षमा इजरायल र प्यालेस्टिनी गरी ६८ हजार बढीको मृत्यु भएको छ ।
इजरायलमा भएको हमास आक्रमणमा विभिन्न मुलुकका नागरिकसहित एक हजार २०० इजरायलीको मृत्यु भएको थियो । बदलामा इजरायलले चलाएको हमासविरोधी अभियानमा कम्तीमा ६७ हजार १६० जनाको मृत्यु भएको प्यालेस्टिनी अधिकारीले बताएका छन् ।
दुई वर्ष पहिले आजकै दिन (अक्टुबर ७) मा इजरायलले आफ्नो इतिहासको सबैभन्दा कालो दिनको सामना गरेको थियो । गाजामा लडाकुहरूले २५१ जनालाई बन्धक बनाएका थिए, जसमध्ये ४७ जना अझै बन्धक छन् तर त्यसमध्ये २५ जनाको मृत्यु भएको इजरायली सेनाले बताएको छ ।
इजरायल र हमासबीचको लडाईमा अत्यधिक सर्वसाधारणको मृत्यु भएपछि विश्व नेताहरूले मङ्गलबार हमासलाई इजरायली बन्धकहरूलाई रिहा गर्न आग्रह गरेका छन् भने इजरायललाई आक्रमण रोक्न आग्रह गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, असोज २१, २०८२ २१:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय