Harsamaya
धादिङको जवाङ खोला  र तुइन खोलामा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

काठमाडौं -  मुग्लिङ–नागढुंगा सडक खण्ड अन्तर्गत धादिङको जवाङ खोलामा पहिरो  खसेर बाटो अवरुद्ध भएको छ । आज बिहानै खसेको पहिरोले  पृथ्वी राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको प्रहरी कार्यालय धादिङले जनाएको छ ।

पानी परिरहेको र ढुङ्गा–माटो झर्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन समस्या भएको बताइएको छ । बाटो दुईतर्फी अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेको छ । वैकल्पिक मार्गको प्रयोग गरेर यात्रा गर्न र अत्यावश्यक नभई यात्रामा ननिस्कन प्रहरीले आग्रह गरेको छ ।

यता मुग्लिङ-नारायणगढ सडक खण्डमा पहिरो जाँदा सडक एकतर्फी सञ्चालनमा रहेको छ। तुइन खोला पुल नजिकै पहिरो जाँदा सवारी आवागमन एकतर्फी भएको सडक डिभिजन भरतपुरले जानकारी दियो ।

 

प्रकाशित मिति: शनिबार, असोज १८, २०८२  ०७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update