महोत्तरीको खयर मारामा यात्रु बाहक बस दुर्घटना
जनकपुर - महोत्तरीको खयर मारामा यात्रु बाहक बस दुर्घटना भएको छ । दुर्घटनामा बसको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय चुल्हाइ चौधरी रहेका छन् ।
घारी बथानबाट खयर मारा हुँदै काठमाडौं आइरहेको ना६ख १४६४ नम्बरको बस दुर्घटना हुँदा पैदल यात्रुको घटना स्थलमा मृत्यु भएको र दुर्घटनामा २० जना भन्दा बढी बसमा सवार यात्रु घाइते भएको महोत्तरी प्रहरीले जनाएको छ । घाइते भएकाहरूमध्ये केहीको अवस्था गम्भीर रहेकोे छ ।
दुर्घटना स्थलमा प्रहरी पुगेको छ । स्थानीयको सहयोगमा घाइतेहरूलाई उद्धार गरी अस्पताल पठाउने कार्य भइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज १७, २०८२ १०:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

