प्राधिकरणले सार्वजनिक गर्यो आन्तरिक उडानको नयाँ हवाई भाडादर

काठमाडौं - नेपाल नागरिक उड्डयन प्राधिकरणले चाडबाडको समयमा हवाई भाडा महँगो हुने र यात्रु ठगीने अवस्थालाई मध्यनजर गर्दै आन्तरिक उडानको नयाँ हवाई भाडादर सार्वजनिक गरेको छ।
प्राधिकरणका अनुसार काठमाडौं विराटनगर भाडा ९ हजार ७८५ तय भएको छ । यस्तै काठमाडौं भरतपुरको ४ हजार ६४३, काठमाडौं भद्रपुर १२ हजार ११२, जनकपुरको ५ हजार ४७०, पोखराको ६ हजार ६३५ र नेपालगन्जको १३ हजार १०३ रुपैयाँ तय भएको छ ।
यस्तै काठमाडौं धनगढीको १७ हजार ५७९, सिमराको ३ हजार ९७८, भैरहवाको ८ हजार ४६१, राजविराजको ८ हजार २१०, सुर्खेतको ९ हजार ३० र तुम्लिङ्टारको ७ हजार ६३० रुपैयाँ तय भएको छ ।
सरकारबाट स्वीकृत भाडाभन्दा बढी रकम यात्रुबाट नलिन तथा लिए कारबाही हुने चेतावनी पनि प्राधिकरणले वायु सेवा कम्पनी र सरोकारवालाई दिएको छ।
प्रकाशित मिति: शुक्रबार, असोज १७, २०८२ ०९:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय