Harsamaya
प्रधानमन्त्री कार्कीले भेटिइन् 'जेनजी' आन्दोलनका मृतकका परिवार
प्रधानमन्त्री सुशीला कार्की ।

काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले आज 'जेनजी' आन्दोलनका सहिद परिवारलाई भेटेकी छन् । बिहीबार प्रधानमन्त्री कार्कीले बागलुङ घर भई काठमाडौंको वनस्थली बस्दै आएका मृतक सौरन किशोर श्रेष्ठको परिवारलाई भेटेकी हुन्।

साथै, उनले नागार्जुन–३ मा मृतक कान्छी नगरकोटीको परिवार र कीर्तिपुरस्थित मैत्रीनगरमा मृतक बुद्धिबहादुर तामाङको परिवारलाई भेटेको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री कार्कीले यसअघि नै 'जेनजी' आन्दोलनमा मृतक भएकाहरूको सम्झनामा दसैँमा टीका नलगाउने बताइसकेकी छन् ।

प्रकाशित मिति: बिहीबार, असोज १६, २०८२  १७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update