Harsamaya
अत्यन्त जरुरी नभए असोज २० गतेसम्म यात्रा नगर्न  विपद्‌‌  प्राधिकरणको आग्रह

काठमाडौं - राष्ट्रिय विपद्‌‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यन्त जरुरी नभएसम्म असोज २० गतेसम्म यात्रा नगर्न आहवान गरेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार यही असोज १७ गतेदेखि २० गतेसम्म देशका खासगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ । यस्तै प्राधिकरणका अनुसार नारायणी, बागमती, कमला र कोशी नदीमा बहाव खतरा तह आसपास पुग्न सक्ने देखिएको  छ ।

विशेषगरी बागमती प्रदेशको काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोशी प्रदेशको संखुवासभा, ताप्लेजुङ्ग, इलाम, झापा, मोरङ, मधेश प्रदेशको बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्ला भई बहने स–साना नदीहरुमा आकस्मिक बहावको सम्भावना उच्च छ । सतर्कता अपनाउन र पूर्वतयारी तथा पूर्वकार्य गर्न भनेर प्राधिकरणले अनुरोध गरेको हो ।

 

प्रकाशित मिति: बिहीबार, असोज १६, २०८२  १७:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update