Harsamaya
एक घण्टामा खुल्यो नारायणगढ मुग्लिन सडक
नारायणगढ मुग्लिन सडक ।

चितवन : तुइनखोला पहिरोका कारण करिब एक घण्टा रोकिएको नारायणगढ मुग्लिन सडक सञ्चालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार साढे ७ बजेदेखि लेदोसहित खसेको पहिरोले रोकिएको सडक साढे ८ बजे दुईतर्फी नै सञ्चालनमा आएको हो ।

डिभिजन कार्यालयको तयारी अवस्थामा रहेको सडक सफा गर्ने मेसिनले पहिरो पन्छाइ यातायात सञ्चालनमा ल्याएको जनाइएको छ ।

पहिरो पन्छाइए पनि पानी परेकोले पहिरोको जोखिम कायमै रहेकोले लेन अनुशासन पालना गरि सवारी चलाउन ट्राफिक प्रहरी कार्यालय चितवनले अनुरोध गरेको छ ।

प्रकाशित मिति: मंगलबार, असोज १४, २०८२  २१:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update