Harsamaya
काठमाडौं उपत्यकाबाट एकै दिनमा बाहिरिए एक लाख ११ हजारभन्दा बढी यात्रु

काठमाडौं - काठमाडौं उपत्यकाबाट पछिल्लो २४ घण्टामा एक लाख ११ हजारभन्दा बढी यात्रु  बाहिरिएका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार दसैँ मनाउनका लागि एकै दिनमा एक लाख ११ हजार ६३९ जना काठमाडौँ उपत्यकाबाट बाहिरिएका हुन् ।  

यही असोज ६ गते घटस्थापनादेखि आज फूलपातीसम्म ८३ हजार ८७ सवारीसाधनबाट कम्तीमा चार लाख ६७ हजार ९७७ जना काठमाडौँ उपत्यकाका विभिन्न नाकाबाट बाहिरिएका कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

यसैगरी घटस्थापनादेखि फूलपातीसम्म ६१ हजार ७८१ सवारीसाधनमा कम्तीमा दुई लाख ५२ हजार ७५५ जना काठमाडौँ उपत्यका भित्रिएको प्रहरीले जनाएको छ ।

दसैँको चहलपहल सुरुभएसँगै गाउँ फर्किने नागरिकको सङ्ख्या बढ्न थालेका कारण काठमाडौँ उपत्यकाभन्दा बाहिरी राजमार्गमा सवारीसाधनको चाप बढ्दै गएको छ ।  

 

प्रकाशित मिति: सोमबार, असोज १३, २०८२  २२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update