Harsamaya
वसन्तपुरको दशैंघरमा भित्राइयो फूलपाती

काठमाडौं - काठमाडौँको बसन्तपुरस्थित दशैंघरमा फूलपाती भित्राइएको छ । गोरखा दरबारबाट पठाइएको फूलपाती आज अपराह्न बाजागाजासहित भित्राइएको हो । गोरखा दरबारका पुरोहितले हनुमानढोकाका पुजारीलाई फूलपातीको डोली हस्तान्तरण गरेपछि हनुमान ढोकामा फूलपाती हर्ष बढाइँका साथ भित्राउने चलन छ ।

प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइएको हो ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती,अशोकको फूल र मान वृक्ष भित्र्याइन्छ ।

प्रकाशित मिति: सोमबार, असोज १३, २०८२  १९:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update