७ घण्टापछि खुल्यो मुग्लिङ–नारायणगढ सडक खण्ड
-1759129868.jpg)
काठमाडौं - तुइन खोला पुलनेर खसेको पहिरो पन्छाएपछि मुग्लिङ–नारायणगढ सडक खण्ड खुलेको छ । केही बेर अघि दुईतर्फी नै बाटो खुलेको हो ।
आज बिहान ७ बजेतिर खसेको सानो पहिरो पन्छाएर बाटो खुलाइए पनि दिउँसो साढे १२ बजेतिर ठूलो पहिरो खसेपछि दुईतर्फी सडक बन्द भएको थियो । पहिरो पन्छाउन ३ वटा उपकरण प्रयोग गरिएको थियो । तर पहिरो झरिरहेको थियो ।
चाडपर्वको अवसर पारेर हिँडेका कयौँ यात्रुहरू पहिरोका कारण बिच बाटोमै अलपत्र परेका थिए । अहिले यात्रुहरू गन्तव्यमा प्रस्थान गरिरहेका छन् । लामो समयसम्म बाटो बन्द हुँदा सडकमा सवारी साधनको चाप छ ।
प्रकाशित मिति: सोमबार, असोज १३, २०८२ १८:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय