Harsamaya
बेलतोडी सम्पन्न, देवी दुर्गा प्रतिमाको आँखा उघारियो
जनकपुरधामसहित मिथिलाञ्चलका दुर्गा मन्दिरमा देवी दुर्गाको नवनिर्मित प्रतिमामा आज आँखा उघार्ने विधि सम्पन्न भएको छ ।

जनकपुर - जनकपुरधामसहित मिथिलाञ्चलका दुर्गा मन्दिरमा देवी दुर्गाको नवनिर्मित प्रतिमामा आज आँखा उघार्ने विधि सम्पन्न भएको छ । दशैंको बेला दुर्गा मन्दिरमा प्रतिमाको स्थापना गरिँदा आँखा बनाइएको हुँदैन । आँखा सप्तमीका दिन पूजा गरेपछि मात्र राखिन्छ । यो विधिका लागि षष्ठीका दिन हिजो बेल निमन्त्रण गरिएको थियो ।

सप्तमीका दिन बेल जोडीलाई स–सम्मान ल्याउन पालकी बोकेर बाजागाजासहित सोही स्थानमा मुख्य पुजारीसहित श्रद्धालु भक्तजाहरु पुग्ने गर्छन् । शिव पार्वती भनी विश्वास गरिएका दुवै बेललाई निमन्त्रण दिइएको हतियारबाट एकै पटकमा काटिन्छ र त्यसलाई पालकीमा राखी पूजा स्थलतिर लगिन्छ ।

पछि दुवैलाई प्रतिमा भएको स्थानमा राखी सोही बेलको पातको डाँठबाट दुर्गाको आँखा उघार्ने गरिन्छ, जसलाई पूर्ण आकारको दुर्गा जन्म भएको मानिन्छ ।

 

प्रकाशित मिति: सोमबार, असोज १३, २०८२  १५:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update