Harsamaya
नारायणगढ–मुग्लिङ सडक खण्ड पुनः अवरुद्ध
नारायणगढ–मुग्लिङ सडक खण्ड पुनः अवरुद्ध भएको छ ।

काठमाडौं - तुइन खोलामा सुक्खा पहिरो खसेका कारण नारायणगढ–मुग्लिङ सडक खण्ड पुनः अवरुद्ध भएको छ । इच्छा कामना गाउँपालिका– ५ स्थित तुइन खोला नजिकै सुख्खा पहिरो जाँदा आज दिउँसोबाट दुईतर्फी सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

गत शुक्रबार साँझ खसेको पहिरो हटाएपछि तीन दिनपश्चात् यातायात सुचारु भएको थियो । तर कार्यालयका अनुसार पहिरो झर्ने क्रम जारी नै भएकोले पहिरो झर्न रोकिएपछि मात्र डिभिजनबाट पहिरो हटाउने कार्य सुचारु हुने जनाइएको छ ।

पहिरो अवधिभरि रोकिएका सवारीसाधनहरू लेन अनुशासनको पालना गरी सावधानीपूर्वक रहन कार्यालयले अनुरोध गरेको छ ।

 

 

प्रकाशित मिति: सोमबार, असोज १३, २०८२  १२:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update