Harsamaya
भीमसेनस्थान नजिक घरमा आगलागी ,  ६ वटा दमकलले निभाइयो
प्रतिकात्मक तस्वीर ।

काठमाडौं - काठमाडौं महानगरपालिका वडा नं २० को वडा कार्यालय भीमसेनस्थान नजिकको घरमा आगलागी भएको छ ।  

नेपाली सेना, काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिका सहित ६ वटा दमकल, नेपाल प्रहरी तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पूर्णिमा चन्दले जानकारी दिए । 

उनले भने, ‘बिहान करिब ४ आगलागी भएको थियो । दमकल, सेना प्रहरी र स्थानीयको सहयोगमा आगलागि नियन्त्रणमा आए ।’

प्रकाशित मिति: सोमबार, असोज १३, २०८२  ०८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update