Harsamaya
छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु, १९ जना घाइते

सुर्खेत - सुर्खेत र सल्यानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सवारी दुर्घटनामा १९ जना घाइते भएका छन् ।

आइतबार बिहान रुकुम पश्चिमको बाफिकोट गाउँपालिकाबाट दाङ घोराही जाँदै गरेको लु २ प ६५०२ नम्बरको फोर्स गाडी सल्यानको कपुरकोट गाउँपालिका वडा नं ३ को चोर खोलामा दुर्घटना हुँदा  रुकुम पश्चिम बाफी कोट गाउँपालिका– ५ का प्रकाश केसी र अन्य दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

यसैबीच बाँकेको नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ११२९ नम्बरको ईभी गाडी वीरेन्द्रनगरको ठूलो बिउरेनीमा दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

आइतबार बिहान चार बजे रत्न राजमार्गअन्तर्गत सुर्खेतको बिउरेनी नजिक ईभी गाडी दुर्घटना भएको हो । आइतबार (असोज १२) बिहान सवारी दुर्घटना हुँदा चालकसहित १७ जना घाइते भएका छन् ।

घाइतेहरूको कर्णाली प्रादेशिक अस्पताल काला गाउँ र देउती नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक वकिल सुनारले जानकारी दिए ।

 

 

प्रकाशित मिति: आइतबार, असोज १२, २०८२  १०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update