Harsamaya
प्रधानमन्त्री कार्यालयले भन्यो - प्रधानमन्त्री कार्कीको नाममा कुनै पनि सामाजिक सञ्जाल छैन
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय ।

काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीको नाममा कुनै पनि सामाजिक सञ्जाल नरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । 

कार्यालयका प्रवक्ता रविलाल शर्माले एक विज्ञप्ति जारी गरी प्रधानमन्त्री नामको कुनै पनि सामाजिक सञ्जाल नरहेको उल्लेख छ ।

‘प्रधानमन्त्री सुशीला कार्कीको नाम उल्लेख गरी नक्कली आइडी बनाइ फेसबुक/ट्वीटर जस्ता सामाजिक सञ्जालबाट समाचार/पोष्टहरू गरेको पाइएको हुँदा यस्तो भ्रममा नपर्न सबैमा अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्री कार्यालयले यस किसिमको गैरकानुनी कार्य गरेमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही हुने व्यहोरासमेत सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गरेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update