Harsamaya
तीन दिन पछि खुल्यो नारायणगढ-मुग्लिन सडक
नारायणगढ-मुग्लिन सडक ।

काठमाडौं - नारायणगढ-मुग्लिन सडक सञ्चालनमा आएको छ। तुईन खोलानजिक गएको पहिरोका कारण अवरुद्ध सडक तीन दिन पछि बिहीबार रातिदेखि सडक सञ्चालनमा आएको हो ।  

गत मंगलबार दिउँसो ४ः५५ बजे ठुलो पहिरो झरेपछि सडक अवरुद्ध भएको थियो। सोही क्षेत्रमा यसअघि पनि शुक्रबार साँझ पहिरो जाँदा सडक करिब ४५ घण्टा ठप्प भएको थियो। मंगलबार गएको पहिरो बुधबार बिहानदेखि हटाउने कार्य सुरु गरिएको थियो।

भरतपुर सडक डिभिजनले सडक सञ्चालनमा आए पनि सवारी चालकहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२  ०८:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update