इष्टर्न हाईड्रोपावर लिमिटेडको लक इन अवधि कात्तिकमा समाप्त हुँदै
काठमाडौं - इष्टर्न हाईड्रोपावर लिमिटेडको ५५ लाख ४१ हजार २९५ कित्ता शेयरको लक–इन अवधि आगामी कात्तिक महिनामा समाप्त हुने भएको छ । यसमा संस्थापक समूहका ४९ लाख ६० हजार कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी ५ लाख ६९ हजार ६९० कित्ता र कर्मचारीलाई बाँडफाँड गरिएको ११ हजार ६०५ कित्ता शेयर समावेश छन् ।
कम्पनीले सर्वसाधारणलाई सेयर २०७९ कात्तिक १७ गते बाँडफाँड गरेको थियो र त्यस मितिबाट ३ वर्षसम्म यी शेयर लक–इनमा राख्ने व्यवस्था थियो । तर, कम्पनीका सञ्चालक समितिका सदस्य तथा उच्च पदस्थ कर्मचारीहरूका शेयर भने नियमानुसार अझै रोक्का रहने कम्पनीले स्पष्ट पारेको छ ।
प्रकाशित मिति: बिहीबार, असोज ९, २०८२ ०९:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

