Harsamaya
दुईतर्फी सञ्चालनमा आयो मुग्लिन-नारायणगढ सडक

काठमाडौं - मुग्लिङ–नारायणगढ सडकको तुइन खोला नजिकै पहिरो गएपछि बन्द भएको राजमार्ग साँझ साढे ५ बजेदेखि दुईतर्फी खुलेको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार अहिले पहिरो पूर्णरूपमा हटाएर दुईतर्फी यातायात सञ्चालनमा ल्याइएको छ ।

दुईतर्फी सडक खुलाउन यहाँ आज आवागमन रोकेर काम गरिएको थियो ।  शुक्रबार साँझबाट अवरुद्ध भएको सडक आइतबार साँझ मात्र एकतर्फी खुलेको थियो ।

प्रकाशित मिति: सोमबार, असोज ६, २०८२  १९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update