अझै खुलेन नारायणगढ–मुग्लिन सडक खण्ड, यात्रुहरू अलपत्र

चितवन - नारायणगढ–मुग्लिङ सडक खण्डको तुइन खोलामा गएको पहिरो अझै हटाउन सकिएको छैन । आइतबार बिहानैदेखि डिभिजन सडक कार्यालय भरतपुरको ३ वटा मेसिनले बिहानैदेखि पहिरो पन्छाउन सुरु गरिएको छ ।
तर अहिले सम्मपनि पहिरो हटाएर सडक खुलाउन सकिएको छैन । माथिबाट पुनः पहिरो खसिरहेको कारणले गर्दा पनि पहिरो पन्छाउन थप चुनौती भएको हो ।
शुक्रबार बेलुका साढे छ बजेदेखि पहिरोको कारण सडक खण्ड बन्द भएको थियो । बाटो बन्द हुँदा यात्रुहरू गन्तव्यमा पुग्न नसकेर अलपत्र परेका छन् । यस सडक खण्ड भएर गुड्ने सवारीसाधन वैकल्पिक बाटो प्रयोग गर्न बाध्य भएका छन् ।
प्रकाशित मिति: आइतबार, असोज ५, २०८२ ०९:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय